काठमाडौ /
इन्डोनेसियाको एक फुटबल खेलमा हिंसा भड्किएपछि भएको भागदौडमा कम्तीमा १ सय २७ जनाको ज्यान गएको छ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

१८० भन्दा धेरै व्यक्ति घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ। शनिबार राति पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कान्जुरुहान स्टेडियममा इन्डोनेसियाको बीआरआई लिग १ को फुटबल खेलको क्रममा उक्त घटना भएको हो।

पूर्वी इन्डोनेसियाको जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेलपछि हारेको पक्षका समर्थकहरूले मैदानमै पसेर आक्रमण गरेको बताएका छन्। हिँसा भड्किएपछि प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो।

मैदानमै भएको हिँसामा कम्तिमा १ सय २७ जनाको ज्यान गएको र १ सय ८० जना घाइते भएका लिगले एक साताका लागि खेलहरू स्थगित गरेको छ।

समर्थकहरूले गरेको कार्यप्रति फुटबल संघले खेद व्यक्त गर्दै पीडित परिवार र सबै पक्षहरूसँग क्षमा मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x