नुवाकोट।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सडक दुर्घटनामा निधन भएकी नुवाकोटकी चेली सविता रुम्बा तामाङको शव नेपाल पठाउन सफल भएको छ।
नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति कतार र नेपालबाट वैदेशिक रोजगार उद्धार नेपालको पहलमा नेपाली राजदूतावास दोहा कतारको समन्वयमा मृतक तामाङको शब नेपाल पठाउन सफल भएको घेदुङ कतारका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिए।अध्यक्ष तामाङले मृतक शव नेपाल पठाउन सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गरेको छ।

मृतक तामाङको शव बुधबार बिहान ००:४५ बजेकाे कतार एयरलाइन्सको उडानमा मार्फत नेपाल पठाएर परिवार तथा आफन्तको उपस्थितिमा काठमाडौं स्थित पावन तिर्थस्थल स्वयम्भूमा बुधबार दिउसोको ३:०० बजे बौद्ध विधि अनुसार अन्तेस्टी गरिएको घेदुङ कतारका निबर्तमान अध्यक्ष तथा वैदेशिक रोजगार उद्धार नेपालको कतार प्रतिनिधि एक्का प्रसाद तामाङ ( योगेन्द्र )ले नुवाकोट जागरणलाई बताए।

तिहार लगतै घर बिदा सकाएर कतार गएकी ऊनी काठको बाकसमा फिर्ता आउछ भनेर कसले सोचेको थियो होला उनकि दिदि सावित्री तामाङले भाबुक हुँदै बताईन।

नुवाकोटको साविक ओखरपाैवा – ६, हालको ककनी गाउँपालिका – २, निवासी सविता रुम्बा तामाङकाे १२ नाेभेम्बर २०२१ शुक्रबारका दिन कतारमा सडक दुर्घटनामा परि निधन भएको थियो। कतार घेदुङको सदस्य रहेकी उनी सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट निधन भएको कतार घेदुङका महासचिव विकास लामाले जनाए।

मुतक तामाङको एक छोरी रहेकी छिन्।परिवार तथा आफ्नो भबिस्य उज्ज्वल बनाउन मुग्लान(कतार) भासिएका ऊनी कतारमा अस्ताईन।

तामाङको निधनमा नेपाल घेदुङ ,कतार स्थित नेपाली समुदाय लगायत सामाजिक ब्यक्तित्वहरुले दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय