• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    दोस्रो म्यागङ कप फुटबल यहि असोज २१ गतेदेखि शुरु हुने


    २०७८ असोज १४, बिहिबार

    २०७८ असोज १४, बिहिबार

    नुवाकोट।
    जिल्लाको म्यागङ गाउँपालिका वडा नं ३ देउरालीमा दोस्रो म्यागङ कप फुटबल हुने भएको छ।यहि असोज २१ देखि खेल शुरु हुने आयोजक पक्षले जनाएको छ।

    स्टार एलजी युवा क्लबका अनुसार प्रथम पुरस्कार ५० हजार तथा दोस्रो पुरस्कार २० हजार रहेको उक्त खेल यहि असोज २१ गतेदेखि शुरु हुनेछ भने टिम दर्ताको अन्तिम समयावधि असोज २० गतेसम्म तोकिएको छ।

    अनुशासित टिम ,उत्कृष्ट खेलाडी र बेस्ट किपरलाई समेत मेडल ,ट्रफी र प्रमाणपत्रको व्यस्था गरिएको आयोजक समितिले नुवाकोट जागरणलाई बताएको छ।

    मिल्दो जुल्दो खबर