काठमाडौं ।
नेताहरुले पुनः नेतृत्वमा दाबी गरेपछि नेपाली काँग्रेसको युवापंक्ति आसन्न १४औँ महाधिवेशनमा तिनै बूढा नेतालाई मार्गप्रशस्त गरिदिने मुडमा पुगेका छन् ।

काँग्रेसमा वैचारिक नेताको छवि बनाएका युवानेता चन्द्र भण्डारीले ‘१४ औँ महाधिवेशन संयुक्त,१५औँ महाधिवेशनमा नेतृत्व’ भन्ने नारासहित आफू अघि बढेको बताउँछन।

नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रतिस्पर्धा गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख समेत गरेका छन ।

नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रतिस्पर्धा गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख गरेका छन् । त्यहि कारण यसपटक नेतृत्वको दौडबाट युवा पुस्ता पछि हड्न बाध्य भएको भण्डारीको भनाइ छ ।

पछिल्लो समय राजनीतिमा नीति,सिद्धान्त र विचार पातलिँदै गएकाले आसन्न महाधिवेशनपछि देशव्यापी वैचारिक अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको उनले बताए ।

जबसम्म देश बनाउने आमदृष्टिकोण बन्दैन,तबसम्म परिवर्तन जनताको तहमा पुग्न नसक्ने नेता भण्डारीको निश्कर्ष छ । त्यसका लागि वैचारिक रुपले प्रतिबद्ध युवा पार्टी नेतृत्वमा पुग्नै पर्ने उनको निचोड छ ।

‘यहाँ सँस्कृतिको हत्यामा लाग्नेहरु नेता भएका छन्,धर्म बेच्नेहरु पूज्य भएका छन् ।

जनआस्थासँगको कुराकानीमा भण्डारीले पछिल्लो ३० वर्षमा सिमित मान्छेमात्रै धनी भएको उल्लेख गर्दै भने, ‘यदि साँच्चै २०४६ सालदेखि अहिलेसम्मका नेताहरुको सम्पत्ति छानबिन गर्ने हो भने ८० प्रतिशत नेता जेल जाने अवस्था छ ।’

राजनीतिमा नैतिकता रित्तिएकोप्रति चिन्तित भण्डारीले उन्नत लोकतान्त्रिक मुलुकमा भ्रष्टाचारको आरोप लागेपछि पद छाड्ने तर हाम्रोमा भने भ्रष्टहरुलाई खोजेर नेतृत्वमा पुर्याउने उल्टो चलन हाबी हुँदै गएको कुरो खोलेका छन् ।

‘यहाँ सँस्कृतिको हत्यामा लाग्नेहरु नेता भएका छन्,धर्म बेच्नेहरु पूज्य भएका छन् । यसको अन्त्य नगरी देशले विकासको पाइला चाल्न सक्दैन,’भण्डारीको निश्कर्ष हो यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय