नुवाकोट /
नेपाली साहित्यका विविध विधामा सक्रिय स्रष्टा सुमित्रा सुमीको कविता सङ्ग्रह “कलेजी बर्को” सार्वजनिक भएको छ। साहित्य संगम नुवाकोटले प्रकाशन गरेको यस कृतिलाई देउडा सांस्कृतिक विज्ञ तथा गायक नन्दकृष्ण जोशीले एक विशेष समारोहका बीच विमोचन गरेका हुन्।
स्नातकोत्तरसम्म अध्ययन गरी शिक्षण र पत्रकारितालाई पेशा बनाएकी उनि हाल “संगम” साहित्यिक पत्रिकाकी सम्पादक समेत हुन्।


सुमीको लेखन कविता, गजल, हाइकु, मुक्तक, गीत र कथामा उत्तिकै सशक्त देखिन्छ। “कलेजी बर्को” उनको आठौँ एकल कृति हो। यसअघि उनका “एक्लो कुसुम” (गजल सङ्ग्रह), “नदेखिएका स्वप्नहरू” (गजल सङ्ग्रह) लगायत संयुक्त सङ्ग्रह र एक गीति गजल एल्बम समेत प्रकाशित भइसकेका छन्।
साहित्य यात्राका क्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छन्। उनी साहित्य संगम नुवाकोटकी अध्यक्ष हुनुका साथै नेपाल रेडक्रस सोसाइटी नुवाकोट र पल्लव साहित्य प्रतिष्ठान चितवनकी आजीवन सदस्य समेत हुन्।

