कोही मुडुला कार्की तिहारमा टीका लगाउने ,त कोही टीका नलगाउने ।यो कसरी भयो ??

मुडुलाकार्की सेवा समाज द्वारा मुडुला कार्की ईतिहास खोजी कार्य भइ रहेको अबस्था छ ।करिब आठौं शताब्दी भन्दा अगाडि कार्कीहरुको उत्पती भएको कुरा ईतिहासले बताएको छ । मुगुमा रहेको मौदगल्य ऋषिले तपस्या गरेको नदी डोल्फु नदी र कर्णाली नदीको संगम स्थल हो ।त्यस नदीलाई मौदगल नदी भनिन्छ । त्यही नदीको किनारमा रहेको छाँयानाथ हिमालको फेदमा छिनासिम गुम्बा कार्कीहरूले बनाएको भन्ने ईतिहास भेटिन्छ ।

हामी मुडुला कार्कीमा पनि कोही लेकाली कोही प्युठानी भाइ छन् ।लेकमा बस्ने भाइ लेकाली र प्युठान या अल्लि तल बस्ने भाइ प्युठानी भनी अलग अलग
नामाकरण भएको छ ।जसमध्ये लेकाली बाजे खाल र प्युठानी नातिखाल मानिन्छ । यस्तै तिहार मान्ने र नमान्ने प्रचलन पनि धेरै अगाडि देखि फरक भेटिएको छ।

एकै सन्तान कोही भाइ तिहारको टीका लगाउँछन् त कोही भाइ लगाउदैनन् ।यो कसरी भो त ? भन्ने सन्दर्भमा आजसम्मको खोज तथा अग्रजहरुको भनाइ अनुसार – धेरै बर्ष अघिको कुरा हो ।हामी मुडुलाको छोरी ओझा कुंवर लाई बिबाहा गरि दियको रहेछन् ।ज्वाइँको मृत्यु भएछ ।छोरी बिधवा अबस्थामा भएपछि माइतीमा ल्याइ पाल्ने निर्णय भएछ र माइती घर ल्याइ लालन पालन गरिएको रहेछ उनी गर्भवती रहिछन् ।दिनानुदिन उनको सुत्केरी हुने दिन आएछ । त्यतिबेला गार्‍हो भएको कारण बच्चा पैदा पश्चात् उनको मृत्यु भएछ ।टुहुरो भान्जा पालेका रहेछन् मुडुला कार्कीले ।जन्मे पछि हुर्कन के बेर भने झैं उनी दिनादुन बड्दै गए ।काममा पनि मामालाई सघाउन थाले ।

एकदिनको कुरा हो मामा भान्जा गाई चराउन खाना नखाइ बिहान सबेरै जंगल गएछन् ।दिनभरी गाई चराएर बसे । मामाले भनेछन् तिमी खाना खान पछि जाउला म खाना खाएर आउछु है ! भान्जाले हुन्छ भनेछन् ।मामा खाना खान घर आउँदा गाउँ घर तिर जुवा कौडा खेलिरहेको देखेछन् मन थाम्न नसकी केही बेर मपनि खेलेर जान्छु भनी मामा खालमा बसेछन् ।तर जुवामा बसेपछी मामाले भान्जालाई पालो दिन जान बिर्सेछन्। उता भान्जाले मामाको बाटो हेरि रहे ।साँझ सम्म पनि मामा नफर्के पछि उनीले मलाई हेलाँ गरे भन्ने सम्झेर जंगल मै आत्माहत्या गरेछन् ।

त्यो दिन तिहारको लक्ष्मी पुजाको दिन । घरमा पालेको भान्जा भाइटिकामा तीन दिन हुने भएकोले ती मावलीले टीका नलगाउने निर्णय गरेछन्। त्यतिबेला कोही भाइ लेकमा ,कोही भाइ बेसीमा थिए त्यो बेला सञ्चार माध्याम नहुँदा तुरुन्त सम्बन्धित ठाउँमा खबर नपुगेर कसैले तिहारमा टीका लगाए कसैले लगाएनन् र आजसम्म पनि यसरी कसैले तिहारको टीका लगाउने र,कसैले नलगाउने चलन रह्यो भनिन्छ ।

मुडुला कार्की सेवा समाज
केन्द्रिय कार्यालय काठमाडौं
खोज:-अम्बिका कार्की सर्लाही

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय