• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    ६७ यात्रु सवार अजबैजान एयरलाइन्स दुर्घटना


    २०८१ पुष १०, बुधबार

    २०८१ पुष १०, बुधबार

    काठमाडौ /
    अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटनामा परेको छ। जहाजमा ६७ जना यात्रुहरू यात्रारत रहेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

    अजरबैजान एअरलाइन्सको उक्त जहाजतर्फ आकस्मिक सेवाका अधिकारीहरू जाँदै गर्दा नै त्यसमा आगो लागेको थियो। पछि जहाजमा लागेको आगो निभाइएको छ।

    उक्त जहाजमा यात्रारत ६ जनाको सकुशल उद्धार भए पनि अन्य यात्रुबारे स्पष्ट जानकारी अझै नआइसकेको पनि सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

    मिल्दो जुल्दो खबर