काठमाडौ /
हरिभक्त सिग्देललाई भव्य कार्यक्रमका बिचमा “आधुनिक साहित्यरत्न” प्रदान गरिएको छ। काठमाडौ सुखशान्ति मिडियाको शभाहल माछापोखरीमा आधुनिक साहित्य परिषद् नेपालले अध्यात्मक चिन्तक तथा वरिष्ठ साहित्यकार हरिभक्त सिग्देललाई भव्य कार्यक्रमका बिचमा “आधुनिक साहित्यरत्न”को उपाधी सहित दोसल्ला ओढाएर अभिनन्दन गर्दै सम्मान गरेको हो।

आधुनिक साहित्य परिषदका अध्यक्ष शिखरनाथ ढकालको सभापतित्व, पाल्पाका कवि तथा साहित्यिक अभियन्ता पुष्करराज रेग्मी प्रमुख आतिथी रहनु भएको थियो भने कार्यक्रममा समालोचक युवराज मैनाली कवि तथा समालोचक ठाकुर शर्मा भन्डारी, अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल लगायत शिखरनाथ ढकाल, श्याम कुमार घिमिरे, महेन्द्र बहादुर थापा मगर, टंक बहादुर बजागाई, सुजन अधिकारि, टपिन्द्र के सी, चन्द्रा न्यौपाने, दिर्घ बहादुर चन्द, कृष्ण प्रसाद पौडेल, रोमा लम्साल, गोबिन्द के सी, ठाकुर शर्मा, कलानिधी दाहाल, कल्पना दाहाल, शशी श्री आचार्य, सरस्वती अर्याल ,सरिता थापा मगर, सरला ओझा, सीता सुवेदी, बिष्णु गुरुङ, बासुदेब ठकुरी, सत्यनारायण ढकाल, दामोदर ढकाल दिपककले आफ्नो भनाई सहित कविता सुनाउनु भएको थियो।


उक्त कार्यकमा धरहरा अभियन्ता, युगमानव, गजलकार डा. ध्रुवप्रसाद गजुरेलको सटिक उद्घोषण गर्दै कार्यक्रम सम्पन्न भएको थियो।
