नुवाकोट /
जिल्लाको म्यागङमा प्रथम भलिबल प्रतियोगिता हुने भएको छ। विजया दशमिको अवसर पारेर उक्त प्रतियोगिता हुन लागेको हो।

अन्तरपालिका स्तरीय प्रथम म्यागङ अध्यक्ष कप पुरुष भलिबल असोज ३ गतेबाट हुनेछ ।उक्त प्रतियोगितामा धादिङका पालिकाहरुले समेत भाग लिन पाउने आयोजकले जनाएको छ ।प्रथम पुरस्कार १ लाख द्वितिय पुरस्कार ५० हजार र सान्तोना पुरस्कार ५०/५० हजार रहेको यस प्रतियोगिताको आयोजना किम्ताङ खेलकुद विकास समिति र द राईजिङ मंगोलियन युवा क्लवले गरेको हो ।

उक्त प्रतियोगितामा नुवाकोट बाहेक छिमेकी जिल्लाहरु धादिङ, रसुवाका र मकवानपुरका पालिकाहरुले पनि प्रथम म्यागङ कप भलिबल प्रतियोगितामा भाग लिन पाउने आयोजक संस्थाका दिनेश गुरुङले बताए ।एक पालिकाका खेलाडी अर्को पालिकामा गएर खेल्न नपाईने यस प्रतियोगिता म्यागङ वडा नम्बर ४ स्थित किम्ताङ ठुलोगाउँमा असोज ८ गते सम्म हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय