
नुवाकोट /
जिल्लामा जारी “प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव २०८१” अन्तर्गत भएको कराँते प्रतियोगितामा म्यागङको “सामरी कल्लाबारी डोजो” प्रथम भएको छ। हिजो मंगलबार भएको उक्त प्रतियोगितामा सामरी कल्लाबारी डोजोले ७ स्वर्ण र ३ कास्यपदक जितेर प्रथम भएको हो।
खेलकुद मन्त्री मिनकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त प्रतियोगितामा ८ टिमका १५० भन्दाबढी खेलाडीहरुको सहभागिता रहेकोे थियो।