कति पोल्छ अनि घोच्छ भतभत देखाउँदैन
धोकामा मुटु जल्नेको क्षतबिक्षत देखाउँदैन।

गमक्क परेर घरिघरि के हेर्छौ त्यसरी तिमी
ऐनाले पनि त रुप बाहेक सोमत देखाउँदैन।

जसो पनि गर्न सक्छन् साँचो प्रित गाँस्नेहरु
समय पनि चुपचाप बस्छ तागत देखाउँदैन।

सुरक्षित पार तार्दछ बनेर नाविक सँगसँगै
असल नेताले कैल्यैपनि आपत देखाउँदैन।

राख्छ बरु स्मृति भरेर कहिल्यै नभुल्ने गरी
खसाल्ने नियतले साँचो मित्र दौलत देखाउँदैन।

लक्ष्मी स्मृति,
बिराटनगर-५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय