नुवाकोट /
जिल्लाको विदुर -४ विदुरमा साहित्य संगम नुवाकोटद्वारा “संगम पुस्तकालय” को उद्घाटन गरिएको छ।२११ औं भानु जयन्तीको अवसर पारेर विदुर -४ का वडा अध्यक्ष निलम बाबू ढुंगेलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
वडा कार्यलयसँगको समन्वय र वडाको भौतिक तथा आर्थिक सहयोगमा साहित्य संगम नुवाकोटले सन्चालमा ल्याउन लागेको “संगम पुस्तकालय ” उद्घाटन तथा काव्य गोष्ठी कार्यक्रम सम्पन्न भएको हो।
यसैगरी साहित्य संगम नुवाकोटले शुरु गरेको १२ महिना १२ पालिका “गाउँगाउँमा साहित्य अभियान” अन्तर्गतको १२ औँ शृङ्खला समेत समापन गरिएको छ।