काठमाडौ /
नेपाल विद्यार्थी संघ (नेविसंघ) आरआर क्याम्पस इकाइले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुत्दा दहन गरेको छ। आज (शुक्रबार) आरआर क्याम्पस परिसरमा उनीहरुले उपप्रधान एवं गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै पुत्दा दहन गरेका हुन्।
उनीहरुले प्रदर्शनका क्रममा ‘नालायक गृहमन्त्री राजीनामा दे, नालायक प्रधानमन्त्री गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लगाएका थिए।


उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ। कांग्रेसले जेठ १३ गते गृहमन्त्रीका विरुद्ध प्रदर्शनको कार्यक्रम नै राखेको छ ।
