बाड्न चुँड्न केही जान्दैन पायाे भने सिङ्गै निल्छ
नपत्याउ कलियुगमा ढुँगा खाेज्दा देउता मिल्छ।

जस्ताे कर्म त्यस्तै बुद्दि बुझ्न सम्म काेशिष छैन
जति पटक भने पनि बुद्दि आउने कहिल्यै हैन।

दैविक दर्शन मिल्नलाई त सत्कर्मकाे बाटाे हिंड
अनि बल्ल आशा गर्दै परिश्रम मा तिमी भिड।

ठेला उठ्ला थकाई लाग्ला परिश्रमकाे खेती गर्दा
मलामी ले बगर छाेप्छन् असल भए तिमी मर्दा।

हातमूख जाेर्न लाज ढाकेर सधैं चूल्हाे बल्नु पर्छ
धनी गरिब मानव एकै अन्न नै भाेजन खाने गर्छ।

किन हुन्छ भेद्भाब यहाँ समानता कता गयाे
लाेकतन्त्र गणतन्त्र भ्याकुतालाई माला भयाे।

छवि ओझा
विदुर -४ नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय