माता पिता र मातृ-भूमि कस्लाई,प्याराे लाग्दैन र
बाध्य हुदा छाेड्नै पर्ने कस्लाई अप्ठ्यारो,लाग्दैन र।
मरुभूमिमा उम्रिएकाे बिरुवा झै बसन्त देख्न नपाउदा,
कस्लाई औंषिकाे रात झै जिन्दगी नै अँध्यारो लाग्दैन र ।
धन भन्दा विद्या ठुलाे भनेर अनि सुनेर फसियाे
सरस्वतीकाे पुजा गर्दै पन्ध्रबीस बर्ष घरमै बसियाे।
तपजप तपस्या र लगानी बाट सटिपिकेट त पाइयो,
बाकाे पसिना र आमाकाे लगानी तिर्न बिदेश पसियाे ।


काम अनुसार को दाम छ चित्त बुझाउनै पर्याे
बा आमाले राखेकाे नाम छ चित्त बुझाउनै पर्याे।
आफ्नै पैसाले आफन्त बाट बेचिएका हामी,
अर्काकाे देशमा बदनाम छ चित्त बुझाउनै पर्याे।
छिटै कुराे ठाउँमा पुगिरा छ किन हुलाक धाउनु पर्याे
फ्रि मै काम गरिदिनेले समाज सेवा पदवी पाउनु पर्याे।
रामकाे दुत हाेकि,अर्जुनकाे सारथि हाे मैले चिनेन हजुर
सरकार दुत बनेर दुष्मनी बढाउने दास प्रथा हटाउनु पर्याे।
कृष्ण सिंह ठकुरी
जाजरकोट
हाल: मलेसिया
