नुवाकोट /
नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबिच एकताको लागि छलफल शुरु भएको छ। वार्ता समितिले पार्टी एकता समिति नै गठन गर्न सुझाव सहितको छलफल भएको हो।

आइतबारको वार्तापछि दुबै पार्टीको वार्ता समितिले संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकताका लागि दुबै पार्टीको नेतृत्वलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको जानकारी दिएको छ।

पार्टी एकता संयोजन समितिले दुबै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयमा पार्टी एकता संयोजन समितिले गरेको सहमति अनुसार हुने पनि वार्ता समितिले जनाएको छ।

दुई पार्टीबीच एकता वार्ताका लागि माओवादी केन्द्रले कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय