नुवाकोट /
जिल्लाको क्षेत्र नं १ बाट माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् ।उनले एमालेका बद्री मैनालीलाई २ हजार बढी मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

नवनिर्वाचित सांसद तामाङले सो क्षेत्रबाट पटकपटक नेतृत्व गरिसकेका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि तामाङ सो क्षेत्रबाट कांग्रेसका रामशरण महतलाई पराजित गरेको थिए।

यस्तैगरी नुवाकोट जिल्ला कै २ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसि जित नजिक पुगेका छन। ५४७०० मत गणना गर्दा अर्जुन नरसिंह केसीले २३६१८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण प्रसाद खतिवडाले १३४९३ मत प्राप्त गरेका छन यस्तै रास्ट्रीय स्वतन्त्र पार्टीका सुमन पाण्डेले १२६६२ मत प्राप्त गरेका छन।

जम्मा गणना हुन बाँकी मत १०३०७ रहँदा अर्जुन नरसिंह केसी १०७०८ मतले अगाडी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय