कास्की/
आफ्नै उम्मेदवारलाई हराउन लागेको भन्दै कांग्रेस कार्यकर्ताले कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका छन् ।बिहीबार बेलुका पोखरा–१३ बाँझापाटनमा पुगेर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

केसीमाथि कास्की–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल र कास्की १ ९२० मा कांग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ हराउन एमालेसँग मिलेको आरोप लगाइएको छ। बराल एमालेका उम्मेदवार मनबहादुर गुरुङभन्दा पछि परेका छन् ।

कांग्रेस कार्यकर्ताले केसीको घरमा पुगेर ढुंगामुढा गरेको गरेको कृष्ण केसी समूहका एक नेताले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x