गजल: माटो !

साहित्य र मनोरञ्जन

चाेटै चाटले भरिएको मन छ भन्छ माटाे
थाेरै थाेरै गाउँमा आफ्नाे पन छ भन्छ माटाे।

युवाहरु राेक्न सके यहाँ खाडी जानवाट
त्यसैपनि देश नेपाल बनछ भन्छ माटाे।

जाने देखि स्वदेशकाे आँटाे यही पिठाे खान
आफ्नै पाखुरामा हेर हो धन छ भन्छ माटो।

आफुले आफैलाई चिन्दैन भने अरुले त
के भनेर हामीलाई लौ गनछ भन्छ माटाे।

जाेगाउन नलागेमा आफ्नै आँगन रहन्न
छिमेकीले पिडिकाे छेउ खनछ भन्छ माठाे।

भगवती खनाल (सुनाखरी)
विदुर -८

Leave a Reply

Your email address will not be published. Required fields are marked *