हर दिन हर रात अनिदो बसेर
सदा ओठको हाँसो कायम राखेर
आर्तनादले पनि नझस्किएर

छाती फुलाएर, शिर ठारो पारेर
हर ऋतुसँग सामना गरेर
कोमल-कठोर दृश्यलाई स्विकारेर

द्रोहीदेखी भक्तिसम्म,
सबैलाई समान नजरले चुपचाप..चुपचाप
यदी कोही हेर्छ भने
सोच्नुहोस्,
कुनै अमर आत्माको सालिक हो।

र,
बाँकी सारा जगत “जिउँदो सालिक”

किनकी,
फरक छ शहादत र मृत्युमा…!

श्री भवानी नेपाल
ईटहरी, सुनसरी
हाल: युएई दुबई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय