भुल जिन्दगीमा आँखा चिम्लेर विश्वास गर्ने रहेछ
काँडामा लुकेर फूलले पनि कसरी कोतर्ने रहेछ ।

एकैछिन रोएर गइदिन्छु , हजुरलाई लाभ होला
आँशुको फस्टाउँदो व्यापारले थैली राम्रै भर्ने रहेछ ।

अँगालो मारियो ,कुम जोडियो ,खुब रमाइलो भयो
मन मन छोइन साईँला !कोही कतै सर्नै नपर्ने रहेछ ।

म नवीन हुन सकिनँ तिम्रो खुसीका लागि के गरुँ
पिलाएर आँशुको बिष ,म भित्रको म नमर्ने रहेछ ।

आँसु थन्क्याउनै साहित्य रोज्ने हजुरले के बुझ्नु भो ?
अन्याय भो कलमलाई , पीडा अक्षरमा नसर्ने रहेछ।

नमिता दवाडी
गोरखा , नेपाल
हाल : न्युजिल्यान्ड

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय