सुर्य चिन्हबाट कमल थापाको उम्मेदवारी: एमाले कार्यकर्ताले पार्टी कार्यालयमै लगाइदिए ताला 

ताजा समाचार राजनीति

काठमाडौ /
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन्। एमालेको सूर्य चिन्हबाट लडेका थापाको उम्मेदवारी दर्तासँगै एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन्।

थापा नेकपा एमालेको समर्थनमा मकवानपुर–१ बाट उम्मेदवार बनेका हुन्। केन्द्रमा एमालेले थापालाई समर्थन दिएपनि जिल्लामा भने उनको विरोधमा कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *