नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङका अन्द्रा क्यानसर पिडित समीर मानन्धर बचाउ अभियान अन्तर्गत संकलित रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ। सामरी युवा क्लबको आयोजनामा उक्त संकलित रकम आज क्लबका अध्यक्ष मार्फत हस्तान्तरण गरिएको हो।
उक्त अभियानमा देश तथा बिदेशबाट संकलित कुल २ लाख ६४ हजार ८ सय ५३ (दुई लाख चौसट्ठी हजार आठ सय त्रिपन्न) रुपैयाँ बिरामीका बाबू न्हुछे मानन्धरको हातमा हस्तान्तरण गरिएको हो।



उक्त अभियानमा तन, मन र धनले सहयोग गर्नु हुने मिडिया तथा सहयोगी दाताहरुलाई सामरी युवा क्लबले हृदय देखि नै धन्यवाद दिएको छ।
दाताहरुको लिस्ट अर्को अपडेटमा प्रसारण गर्नेछौं ।
यो पनि हेर्नुहोस
