• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    मरेको व्यक्तिलाई जिवित गराइयो भन्दै भ्रम छर्ने पास्चर पक्राउ


    २०७९ भाद्र ६, सोमबार

    २०७९ भाद्र ६, सोमबार

    नुवाकोट /
    बुटवलको एक चर्चमा ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै भ्रम सिर्जना गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    बुटवल बुद्धनगरमा रहेको होली क्यालभरी चर्च आसपासबाट ३५ वर्षिय राजेन्द्र गोतामेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केशीले जानकारी दिए।

    ‘अहिले सोधपुछका लागि नियन्त्रणमा लिएका छौं। झूटा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोजेको हो भने कानून अनुसार मुद्दा चलाउँछौं’ केशीले भने।

    विवेक सत्यालको नामबाट सार्वजनिक भएको भिडिओमा चर्चका पास्चर गोतामेले मृत व्यक्तिलाई जीवित गराएको दाबी गरेका छन्।

    भिडिओमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ।

    गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ।

    भिडिओमा एक महिलाले ‘‘सयवटा धामीले पनि निको नभएको, पाँच/छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ।

    मिल्दो जुल्दो खबर