चाेर फटाहाहरु लुकाउने कार्य नगरिदिनुस्
देशकाे माटाे दुखाउने कार्य नगरिदिनुस ।
माटाे जाेगाउन हो रगत पाेखेर लडेथे पुर्खा
शहिदकाे शिर झुकाउने कार्य नगरिदिनुस ।
नेपाली भई बाँच्नेहरुले नेपाल वुझेकै हाेलान्
हाम्रो नेपाली मन चुकाउने कार्य नगरिदिनुस् ।
आफ्नै पसिना पाेखी आफ्नै ठाउँमा वस्न कठिन हुने
युवा जाेश जाँगर सुकाउने कार्य नगरिदिनुस्।
टाेक्छन् टाेक्नेहरुले यहाँ साधु सन्त नहेरीकन
त्यसै भुस्या कुकुर फुकाउने कार्य नगरिदिनुस्।
भगवती खनाल (सुनाखरी)
नुवाकोट
