चाेर फटाहाहरु लुकाउने कार्य नगरिदिनुस्
देशकाे माटाे दुखाउने कार्य नगरिदिनुस ।

माटाे जाेगाउन हो रगत पाेखेर लडेथे पुर्खा
शहिदकाे शिर झुकाउने कार्य नगरिदिनुस ।

नेपाली भई बाँच्नेहरुले नेपाल वुझेकै हाेलान्
हाम्रो नेपाली मन चुकाउने कार्य नगरिदिनुस् ।

आफ्नै पसिना पाेखी आफ्नै ठाउँमा वस्न कठिन हुने
युवा जाेश जाँगर सुकाउने कार्य नगरिदिनुस्।

टाेक्छन् टाेक्नेहरुले यहाँ साधु सन्त नहेरीकन
त्यसै भुस्या कुकुर फुकाउने कार्य नगरिदिनुस्।

भगवती खनाल (सुनाखरी)
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय