खल्तिवाद !

साहित्य र मनोरञ्जन

जबजब रित्तिनेछन दर्बिलो सिद्धान्तका अडानहरु
जबजब टुंगिनेछन विचार र दर्शनका ठेलीहरु
तबतब जन्मिनेछन खल्तिवादका खानदानहरु !

एमबिसीका जराहरु फैलिदै गर्दा
पुँजिवादका नंग्राहरु बढ्दै गर्दा
मक्किएको संगठनको गर्भबाट
फुत्तफुत्त जन्मिनेछन खल्तिवादका खानदानहरु !

झ्यांगिदै गएका परिवारवादका जालोहरु
साम्यवादको आकृतिमा सामन्तवादका टालोहरु
जबजब परिन्छ आलोचनाको घेराबन्दी भित्र
तबतब जन्माइनेछ खल्तिवादका खानदानहरु !

जबजब आफ्नै विचारहरु विकार बन्नेछन
जबजब नेतृत्वहरु आफै शिकारी हुनेछन
तबतब अप्राकृतिक गठबन्धनको गर्भबाट
फुत्तफुत्त जन्माइनेछ खल्तिवादका खानदानहरु !

सिंहलाई हरिण बनाइनेछ
हरिणलाई सिंह मानिनेछ
एवम् रितले चल्नेछ
पुच्छरवादको शृङ्खलामा अर्को सन्तानहरु
जन्माइनेछ खल्तिवादका खानदानहरु !!
जन्माइनेछ खल्तिवादका खानदानहरु !!

रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ -५ सामरी, नुवाकोट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *