भ्रम मेटाउन पनि साथी! भ्रम भित्रै पुरिनु पर्छ ।
क्षितिजको सत्य बुझ्न, क्षितिजमै कुल्चिनु पर्छ ।

धेरै धन्यवाद हजुर ! मेरा लागी जे जती गर्नुभो
भुर्र उँड्ने सपना देख्न पनि पखेटा उखेलिनु पर्छ ।

प्रेमीका जस्तै देखिन औँठी सौगात लिएर जाँदैछु ,
जलप राम्ररी लाइदिनुस् ,सुन जस्तै देखिनु पर्छ ।

के हिसाबले तोक्नु भो मेरो मूल्य ,कति छ लगानी ?
अब नदीको मुल्य समेत हिमाललाई सोधिनु पर्छ ।

यो कस्तो मजाक हो जिन्दगीको! मसँग आज भोलि
भङ्गालोमा फ्याँकेर भन्छ! जिउनु पर्छ, पौडिनु पर्छ ।

नमिता दवाडी
गोर्खा
हाल न्युजिल्यान्ड

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x