हिजोको जस्तै हेपाहाको चुरीफुरी उस्तै छ।
फेरिएन निमुखाको आङ,घरधुरी उस्तै छ।
न छ स्वास्थ्य सहजता न पहुँच कानुनमा
कसले कसरी बुझिदिन्छ मजबुरी उस्तै छ।
प्यार निमोठिन्छ निर्मम जातकै कारण अझै
भरिएन गहिरो खाडल बिचको दुरी उस्तै छ।
युवा रोजगार भन्दै विदेश होमिन्छन् बली
पढ्यो,गुन्यो काम पाईदैन कुरीकुरी उस्तै छ।
देश,जनता,नैतिकता भन्दैनन् अगुवा नेताहरु
आफैं मात्र बन्ने भावना स्वार्थी आसुरी उस्तै छ।
सम्बृद्धि छाउँछ लागेकोथ्यो शान्तिका साथमा
गणतन्त्र लेखेको त देखिन्छ हावाहुरी उस्तै छ।
लक्ष्मी स्मृति
बिराटनगर-५