कुनै एक बिहानी
विजयकाे झण्डा फरफराएर
म तिमीसँग केही वाचाहरू माग्नेछु ।

मेरा कलेटी परेका ओठ
अनि चिरियका पैतालासँग
अमिलेा गन्धले भिजेका
मेरा पुराना लुगा र
ठेगाना विनाकाे मेरेा ठेगाना
जुन बेला बेलामा बदलिरहन्छ
फेरि पनि लेख्नेछु चिठ्ठि र
पठाउने छु तिम्रेा स्थायी ठेगानामा।

श्मशान घाटबाट
बताससँगै वगेर आएका
जलिरहेका ती शवबाट आइरहेका
केही अनाैठा गन्धहरू
जङ्गलमा मरेर कुहिएका हात्तीलाई
खादै गरेका मसिना कमिलाहरू।

फेरि पनि त्यस दिनकाे बिहानी
अनैाठेासँग वगेका
हावाका प्रत्येक सुस्केराले
जब तिम्रेा जितकाे खवर सुनाउनेछ
अगेनेामा हुर हुरति बलिरहेकाे
त्यहि अग्निका शिखालाई साक्षि राखेर
म तिमीसँग केही वाचाहरू माग्ने छु र
एउटा तिलकाे दाना
तिम्रेा हातबाट लिएर
म भने विदा माग्ने छु।

रुपा थापा
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x