एउटा खुसी किन्न खाेज्दा हजार खुसी छुट्याे अरे।
आफ्नै भाग्य चिन्न खाेज्दा यहाँ निधार फुट्याे अरे।
रुनेहरु रुवाईमै हो ती दिन रात काट्ने गर्छन्।
हाँस्नेकाे त खुसिले झम्टी पलपल कुट्याे अरे।
समयकाे खेल भन्छन दैवले नी झेल गर्याे रे।
निदरीमै सम्झनाले कति यादहरु लुट्याे अरे।।
आफ्नै मान्छे पराई ठानि पराईलाई राेज्न खाेज्दा।
मुटु पनि टुट्याे अरे उता मन पनि टुट्याे अरे।
अमृतकाे छेउमा अाएर विषहरु छुन खाेज्दा।
फुल सम्झी तरवार जस्तो काँडाचाहीँ थुत्याे अरे।।
भगवती खनाल (सुनाखरी)
नुवाकोट