नुवाकोट /
सरकारले निर्वाचन शिक्षा कार्यक्रमका लागि हरेक निर्वाचनमा करोडौँ रकम खर्च गर्दै आएको छ। निर्वाचन आयोगका अनुसार आसन्न स्थानीय तहको निर्वाचनका लागि २२ करोड रुपैयाँ मतदाता शिक्षा कार्यक्रमका भनेर लागि खर्च गरिँदै छ। तर यो रकम भने अघिल्लो स्थानीय तहको निर्वाचनका बेला भन्दा कम हो।

अघिल्लो स्थानीय तहको निर्वाचनमा ८५ करोड रुपैयाँ निर्वाचन शिक्षा कार्यक्रमका लागि छुट्याईएको थियो। तर आयोगका अनुसार देशभर खसेको कुल मतको ४ प्रतिसत मतबदर भएको थियो।

करोडौँ रकम खर्च गर्दा पनि बदर मत घट्नुको साटो झन बढ्दै गएको निर्वाचन आयोगकै तथ्यांकले स्पष्ट पार्छ। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा देशभर कुल ४ प्रतिशत मत बदर भएकोमा त्यसअघिका निर्वाचनमा साढे तीन प्रतिसत सम्मको मत बदर हुने गरेको थियो।

प्रत्येक मतदाताको घरमा पुगेर सही ढंगले मत हाल्ने तरिका सिकाउँदै आएको निर्वाचन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनमा भने मतदाताका घर केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम गरेको छैन। फलतः अहिले बदर मत संख्या झनै बढ्ने सम्भावना देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x