मान्छेहरु कति सजिलै भन्ने गर्छन्
तेरि आमा मरिसकि तेरा बाउ मरिसके
अहँ म पत्याउदिन
किनकी मेरि आमा मरेकी छैनन ।

कहिले श्रीमतीको मुखारविन्दुबाट सिकाउछिन
कहिले छोराछोरीको तोतेबोलिबाट सम्झाउँछिन
तिमिहरु कति सजिलै भन्छौं हँ ?
तेरि आमा मरिसकि तेरा बाउ मरिसके
अहँ म पत्याउँदिन
किनकी मेरि आमा मर्नै सक्दिनन ।

अफ्ट्यारा बाटामा लडिन्छ भनेर चेत भर्ने आमा हुन ती
गलत बोल्दा मरिन्छ भनेर चेत भर्ने बाबा हुन ती
अझै पनि भन्छामा डाडु बज्दा आमा छिन जस्तो लाग्छ
बाडुल्कीको धड्कन भित्र बाबा छन जस्तो लाग्छ
कति सजिलै भन्छन् है मान्छेहरु
तेरि आमा मरिसकि तेरा बाउ मरिसके
अहँ म पत्याउँदिन
किनकि मेरि आमा मर्नै सक्दिनन ।

रातमा उज्यालो दिने ताराहरु आमा हुन
दिनमा उर्जावान घाम दिने सुर्यहरु बाबा हुन
मलाई जिउँन सहारा दिने
जलथल, अग्नि हावा
सबैसबै आमा हुन ती
बाबा हुन ती
कति सजिलै भनिदिन्छन मान्छेहरु
तेरि आमा मरिसकी तेरा बाउ मरिसके
अहँ म पत्याउँदिन
किनकि मेरि आमा मरेकी छैन ।
मेरा बाबा मरेका छैनन् ।

रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी, नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय