जून बन्नु परेन , ग्रहण बनी नछाइदिनुस् बिन्ती
म हिँड्ने गोरेटोमा फेरि नआइदिनुस् बिन्ती ।
हिजो हजुरले चिन्नु भएन , आज म चिन्दिनँ
दोष कसैलाई होईन , समयलाई दिनुस् बिन्ती ।
नाम ,दामको भाईरसले हजुरलाई निल्न सक्छ
प्रतिस्ठा आफैं बाँच्छ, अहम् डढाइदिनुस् बिन्ती ।
उहाँ पनि उल्झनमै हुनुहुन्छ केही सहायता गर्नुस्
झुटै भएनी म मरेको खबर सुनाइदिनुस् बिन्ती ।
नमिता दवाडी
गोरखा नेपाल
हाल न्युजिल्यान्ड