गजल
जीवन भन्नू केही होइन, दुई मुठ्ठीको सास हो
मरेपछि सक्किजाने बाँचुञ्जेलको आश हो।
कसैलाई काखा कसैलाई पाखा, नगर्नु पर्ने
बुझ है मरेपछि, शरीर खरानीको रास हो ।
आउँदा मुट्ठी पर्या हात, जाँदा खुल्ला हुँदै जान्छ
आफ्नै कारण मान्छे सधैँ, यो सम्पत्तिको दास हो ।
किन गर्छौ लोभ धेरै, जहिल्यै धुत्न लुट्न खोज्ने
सोच यहि व्यवहार तिम्रो, जीवनको नाश हो ।
बाँचुञ्जेल सबैसँग, उचित व्यवहार गर्नु
नत्र सोच्नु मर्ने बेला, कुटि पाटीको बास हो ।
✍️✍️
रतुवामाई- १०, मोरङ
हाल- प्रवास