गजल
शहरमा मरेर पनि लाश चल्नु पर्नेरहेछ
आगो खाएर यहाँ आगै ओकल्नु पर्नेरहेछ।
आँखामा सपनाहरु ती सजाई आफ्नै त्यो चितामा
हाँस्दै बसेर अँध्यारो रातमा बल्नु पर्नेरहेछ।
लुट्नेहरुले सारा जिन्दगी लुटेरै छाड्दा रहेछन्
त्यसैले फुलहरुले काडाँमा फल्नु पर्नेरहेछ।
समयले कसैलाई रुवायो कसैलाई हँसायो
सायद समयकै खटनमा ढल्नु पर्नेरहेछ।
आफ्नो पालो आएपछि हो कहिल्यै नगल्ने
उहीँ फलामले पनि सजिलै गल्नु पर्नेरहेछ।
भगवती खनाल (सुनाखरी)
त्रिशूली नुवाकोट