काठमाडौ /
विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन्। माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् ।

पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।उनले भनेका छन्, ‘नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो ।त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर यो बिचमा  आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि-अपलोड गरिएको छ ।’

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

उनले लेखका छन्  : सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा #गल्बन्दी , १५ दिनमा #कुरा बुझ्नपर्छ र ७ दिनमा #पिर करोड पटक हेरिएको छ। हाम्रो प्रयास को इतिहास र तपाईंको प्रेम को इतिहास निरन्तर दोहोरिएको छ ।एउटा सर्जक र उसको  टिमका लागि र समग्र व्यावसायिक सङ्गीत बजारका लागि यो अपार सफलता हो ।तर आगामी दिनमा आउन सक्ने  असफलता पनि सामान्य लागोस् भनेर मैले आफ्नो सफलतालाई सामान्य रूपमा लिन थालेको छु ।यद्यपि तपाईंको अमूल्य शुभेच्छा मेरो लागि असामान्य छ ।मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिति र स्थान बनाएको छु । रेकर्डहरू बनाएको छु ।सपना र  सङ्घर्ष पछिको यो सफलता भने सामान्य होइन ।कहिले काहीँ त लाग्छ – भयो अब ! पुग्यो । I’m done !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय