पोखरा/ युवा सर्जक गोपाल खनालको गजल कृति ‘सम्झनाका लहरहरू’को लोकार्पण शनिबार सम्पन्न भएको छ ।पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नसको सभाहलमा भएको कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी, कवि तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गर्नु भयो ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

गजल सन्ध्यापोखराको १२ औँ अधिवेशन, १७औँ साधारण सभासँगै नियमित रचना वाचनको २२४ औँ श्रृङ्खलाको अवसरमा आयोजित कार्यक्रम सन्ध्याका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको थियो । उद्घाटन सत्रका प्रमुख अतिथि तीर्थ श्रेष्ठले खनालको नवीनतम कृति लोकार्पण गर्दै गजलका नाममा रचना लेख्दैमा जो कोही गजलकार हुन नसक्ने धारणा राख्नुभयो ।

‘कतिले त गजललाई साहित्यको विधा नै नमान्ने र गजल लेख्नेलाई साहित्यकार नै नमान्ने अवस्था थियो,’ गजल लेखनको अनुभव सुनाउँदै श्रेष्ठले भन्नुभयो, `गजल विधामा साधनारत गजलकारहरूकै कारण गजल आज स्थापित विधा बनेको छ ।’ अतिथि मन्तव्य राख्दै गजलकार दीपक समीपले खनालका गजलले लय समातेका छन् आधुनिक गजलका क्षेत्रमा यस कृतिले विशेष स्थान ओगट्नेमा म आशावादी छु भने ।

तारकेश्वर गाउँपालिका–१दाङसिङ, नुवाकोटका स्थायी बासिन्दा खनाल पोखरामा रहेर साहित्य साधना गरिरहनु भएका युवा सर्जक हुनुहुन्छ । पत्रकारिता र शिक्षणमा समेत सक्रिय उहाँको यस कृतिमा १०१ गजल समेटिएका छन् । खनालले आफ्नो दशकदेखिको कृति प्रकाशन गर्ने धोको पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो । सम्झना कालहरहरू कृति गजल सन्ध्या पोखराको प्रकाशन र रमण पौडेलको सहप्रकाशनमा बजारमा आएको हो ।

गजल सन्ध्याका उपाध्यक्ष वसन्त विनोदले स्वागत मन्तव्य राखेको कार्यक्रममा सन्ध्याका संस्थापक अध्यक्ष दीलिप दोषी, गजलकार प्रकट पँगेनी ‘शिव’, पूर्व अध्यक्षहरू दीपक समीप, रुपीन्द्र प्रभावी, मन क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x