काठमाडौं /
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय १३ जना कैदीको बाँकी कैद र सजाय मिनाहा गरेकी छिन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा र १२ जनाको सजाय माफी दिएकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासहित ५ सय १ जना कैदीको भुक्तान हुन बाँकी कैद मिनाहा गरिएको हो ।

त्यसैगरी संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा आङ्निमा शेर्पासहित १२ जनाको सजाय राष्ट्रपति भण्डारीले माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x