बस्त्र लाएर पनि खै किन नाँगिएका छन कलिका मान्छेहरु
गन्तव्य सिधा हुदाहुदै पनि बाँगिएका छन कलिका मान्छेहरु।
ओढेर खाेलहरु सभ्यताको ढ्वाङ फुक्ने जमातमा रुमल्लिदै
आफैलाई चिन्न नसकेर उदाङ्गिएका छन कलिका मान्छेहरु।
न डर छ न त्रास,न मान छ मर्यादा काेहि कसैकाे अचेल यहाँ
लाज अनि घिनकै खेलमा झाँङ्गिएका छन कलिका मान्छेहरु।
मस्त छन ब्वाँसा र गिद्दहरु अरुकाे खुशि लुटेर माेज मस्तीमा
अरुकै आशा र भराेसामा टाँगिएका छन कलिका मान्छेहरु।
मिनबहादुर थापा “मिलन”
कैलाली