काठमाडौ /
साहित्य संगम नुवाकोटको आयोजनामा कृति समीक्षा तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात सभाकक्षमा कवि समर चेम्जोङ “आभास” ज्यू द्वारा सिर्जित कविता संग्रह “निलो परदेश” को कृति समीक्षा तथा परिचर्चा कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको हो।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

साहित्य संगम नुवाकोट संस्थाकी अध्यक्ष सुमित्रा सुमी ज्यूको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन गजलकार अमन एकल ज्यू ले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा डा देवी नेपाल ज्यु हुनुहुन्थ्यो ।

बिशिस्ट अतिथि श्रवण मुकारुङ र समिक्षक द्वय डा दामोदर पुडासैनी र ज्योति जंगल रहनुभएको कार्यक्रम कवि शम्भु गजुरेल ज्यूको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो। श्रीधर पाण्डे ज्यू ले संस्थाको अवस्थाको बारेमा मन्तव्य राख्नुभएको थियो।

कवि रुपा थापा, राम प्रसाद मिश्र, अजित उत्सव ज्यू हरूले कृतिमा समेटिएका केही कविताहरू वाचन गर्नुभएक थियो ।

समिक्षक द्वयले कृतिको विविध पाटोमा समिक्षा गर्नुभयो तत्पश्चात कृतिकार समर चेम्जोङको सिर्जना जन्मने परिवेशको बारेमा आफ्नो भनाइ राख्नुभएपछि गीतकार श्रवण मुकारुङ ज्यू द्वारा शुभकामना सहित कृतिको वारेमा विचार राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा देवी नेपाल ज्यू द्वारा गुणात्मकता र शिक्षामुलक भनाइ प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमका सभापति सुमित्रा सुमी ज्यू द्वारा कार्यक्रमको समापन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय