हल्का रहेछ आफै बाहिरियो जा भन्नै परेन
चामल र भुस छुटाए जस्तो, निफन्नै परेन ।
बुझ्नेहरुले काँडाको पनि, बयान गरि दिए
अब भने काडालाइ फूल जस्तो, बन्नै परेन।
त जस्तोलाई म गन्दै गन्दिन भन्थेउ नि
सरकारले गर्यो गणना, तिमिले गन्नै परेन।
माया गरेर पनि छुटनु परेथ्यो, मुना मदनले
माया गरेनि मेरो भाग्य चैं त्यस्तो, धन्नै परेन।
सरकारी खाद्य गोदाममा चामल कुहियो रे
सुदुरका जनताको चाहिँ मुखमा, अन्नै परेन।
दिपा वाग्ले
झुम्का सुनसरी