
गतिछाडा राजनीतिले थिच्दैछ अचेल
हो मिलेमतोमा सबैतिर मिच्दैछ अचेल ।
पल्ला घरे काका अनिकालले मरे
टाठाबाठाले राहत घिच्दैछ अचेल ।
नगर भो! शान्ती र सु-साशनका कुरा
गुण्डागर्दिले निमुखा किच्दैछ अचेल ।
लोप भयो इमान जमान र नैतिकता
मान्छेहरु पालैपालो बिक्दैछ अचेल ।
बेइमानी र जालसाँजी शिक्षा जस्तै भयो
नयाँ पुस्ताले यहि कुरा सिक्दैछ अचेल ।
रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी, नुवाकोट