काठमाडौ /
युवा कवि अजित उत्सवको कविता संग्रह “आकाशगङ्गाको किनार”को काठमाडौंमा समिक्षा एबम् अन्तर्क्रीया सम्पन्न भएको छ ।काठमाडौंको सामाखुशीस्थित लिंकन कलेजमा आयोजित समीक्षा एबम् अन्तर्क्रीया कार्यक्रममा आकाशगङ्गाको किनारले समिक्षकहरुबाट राम्रो प्रतिक्रिया पाएको छ ।

हरित शान्ती समाज नेपाल, काठमाडौंको आयोजनामा भएको कार्यक्रमको मुख्य अतिथी डा. रेणुका सोलुले कविता संग्रहको खुलेर तारिफ गर्नुभयो। यस्तै बिशिष्ठ अतिथि राजेन्द्र चापागाईले पनि आफ्नो समिक्षात्मक टिप्पणीमा संग्रहका कविताका बिबिधता र यसका भाब, बिचार अनि कला पक्षका बारेमा बिस्तृत चर्चा गर्नुभएको थियो ।युवा समिक्षक एबम् समालोचक महेश कार्की क्षितिजले पनि कविता संग्रहको समग्र टिप्पणी गर्दै यस कविता संग्रहले बजारमा राम्रै स्थान प्राप्त गर्ने बिश्वास ब्यक्त गर्नुभयो । युवा संचारकर्मी एबम् समाजसेवी गोबिन्द गिरिले कवि अजित क्षेत्रीको ब्यक्तित्वको चर्चा गर्दै कविता संग्रहको सफलताको कामना गर्नु भएको थियो भने बरिष्ठ समाजसेवी बालकृष्ण गिरीले समालोचक र पाठकबर्गले लेखकलाई हौसला दिन सके मात्र राम्रा लेखकले देशलाई राम्रा सिर्जना दिन सक्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

युवा कवि प्रज्वल अधिकारी र रेजिना आपगाईंले यस कविता संग्रहबाट एक एक कविता वाचन गर्नुभएको थियो । अधिकारीले “अदालतमा जुत्ताको बयान” र आपगाईंले “देशको अनुहार” वाचन गर्नुभएको थियो ।उहाँहरुले कृतिमाथी छोटो टिप्पणी गर्दै उत्कृष्ट कृति बजारमा आएकोमा खुशी ब्यक्त गर्नु भयो । कार्यक्रमको अध्यक्षता हरित शान्ती समाजका उपाध्यक्ष सन्तु सफल गिरीले गर्नुभएको थियो स्वागत मन्तब्य संस्थाका सहसचिब पदम क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रमको सफल सन्चालन युवा गजलकार अमन एकलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x