काठमाडौं।
नेकपा (माओवादी केन्द्र) का वरिष्ट नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमति विना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास नहुने बताएका छन् । साेमबार माओवादी केन्द्र गाेरखा-काठमाडाैं समन्वय समितिकाे प्रथम सम्मेलनमा बाेल्दै श्रेष्ठले एमसीसीमा राष्ट्रिय सहमति विना पास गर्न नसक्ने बताएका हुन् ।
हाम्राे हित हुनेगरि याे याे धारा सञ्चाइदिनु भन्दा किन नमान्य ? भन्दै उनले एमसीसीकाे बिषयमा झन शंका पैदा भएकाे बताए । ‘नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले संसदबाट पारित गर्न सकिन्न,’ उनले भने ‘तर हामी त लिन्छाैं, हाम्राे हित हुनेगरि, याे याे धारा सच्चाईदिनु भन्दा किन नमान्य ? यसले झन शंका पैदा गरेकाे छ।’
उनले यसअघि नै माओवादी केन्द्रले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार पार्टी अघि बढ्ने बताए। उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गरे। समाजवादी पार्टी बनाउन व्यक्तिबाद र गुटबादकाे अन्त्य गर्नुपर्ने उनकाे तर्क थियाे । ‘कान्तिकारी पार्टी बनाउन विधि पद्दति, आम अराजकता, राजनीतिमा अपराधिकरण र भष्ट्रिकरण स्वीकार्य नहुने र समाजिक न्यायसहितकाे लक्ष्य हासिल गर्न सकिएन् । त्यसैले हामी बदल्नुकाे विकल्प छैन ।’