वालापनले
धुलोमाटो खेलायो
गणितको कखरा
धूलोले धूलो मै कोर्यो
चाहना बढायो जुँगाको रेखीले
तर अक्षरको हिसाब बढाउन सकेन
अगाडिको जिम्मा यौवनलाई सुम्पियो
यौवनले थोरै रमाइलो मान्यो
प्रेमपत्रमा खुशी खोज्यो
पढुन्जेल खुब बाँच्यो
बकैनाको डाली बाख्रीको आहारा मात्र हो
बुझ्यो
समयले मागेपछि
समाजले खोजेपछि
सहवास भित्र्यायो आफूलाई छलेर
जिम्मेवारीको काँधले बोरा नबोक्दै
उक्लने खुट्किलाहरु
आफ्नो उचाई कहिल्यै नाप्दैनन्
फेरो पुग्छ पुग्दैन
बाटोले बाङ्गो छु कहिल्यै भनेन
ढुङ्गा शिल्पिको हात परे
मुर्ती बन्छ, पुजिन्छ
‘ सक्छु ‘ हौसला बचाइ राखे
नदी तिर्खालु खोज्दै आउँछ
यत्ति मै जीवन खोज्दैछु
एउटा धर्सो बाँकी छ
हावाको ।
लक्ष्मीप्रसाद पौडेल