नुवाकोट।
आईसीसी विश्वकप क्रिकेटको एसिया छनोट तया रीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले बंगलादे शमा जित हासिल गरेको छ।शनिबार बंगबन्धु बीके एसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले पराजित गरेको हो।
विश्वकपको एसिया छनोटको तयारी गर्न राष्ट्रिय क्रि केट टिम बंगलादेश पुगेको हो। नेपाली टोलीले दिए को ७३ रनको लक्ष्य पछ्याएको बीकेएसपी ४८ रन मै समेटियो।
ओपनर फरजाना लिसाले २५ रन जोड्नुबाहेक बी केएसपीका कुनै ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालकी संगिता राईले ४ विकेट झारिन्। त्यस्तै स रस्वती भण्डारी, कविता कुवँर, सीता राना र रुबिना क्षेत्रीले समान १-१ विकेट झारे।
पहिले ब्याटिङ गरेको नेपालका लागि कबिता जो शीले सर्वाधिक २३ रन बनाइन्। रुबिना क्षेत्रीले १६ रन बनाइ्न। काजल श्रेष्ठको नाममा १२ रन रह्यो।
बंगलादेशी टिमकी दिशाले ३ र सानुले १ विकेट हा त पारिन्।
विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपा लले बंगलादेशमा एक साता अभ्यास गर्नेछ। त्यहाँ नेपालले चार म्याचको सिरिज खेल्नेछ।
बंगलादेशको तयारी सकेर नेपाली टिम युएई जाने छ। छनोट प्रतियोगिता युएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ।
नेपालले पहिलो खेलमा नोभेम्बर २२ मा हङकङ सँग खेल्नेछ। दोस्रो खेल नोभेम्बर २३ मा भुटान सँग, तेस्रो खेलमा कुवतेविरुद्ध नोभेम्बर २५ मा हुनेछ।
नेपाली टोलीले मलेसियासँग नोभेम्बर २६ मा र पाँ चौ तथा अन्तिम खेलमा २८ तारिकमा यूएईसँग खेल्नेछ। प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने प्रतियोगिताको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।