• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    धादिङकोको वाकामा १५ औं वाकाकप फुटबल यहि चैत २१ गतेदेखि शुरु


    २०८१ चैत्र ९, आइतबार

    २०८१ चैत्र ९, आइतबार

    सामरी, नुवाकोट /
    धादिङ्ग जिल्लाको ऐतिहासिक क्षेत्र वाका राहामा यहि चैत २१ गतेदेखि २०८२ बैशाख १ गतेसम्म १५ औं वाका कप फुटबल प्रतियोगिता हुने भएको छ।

    नेत्रावती डोबजोङ गाउपालिकाको प्रयोजन र छार वाका राहा युवा क्लबको आयोजनामा १५ औं वाका कप र तेस्रो अध्यक्ष कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको हो।

    धादिङ्ग जिल्लाको नेत्रावती डोबजांग गाउपालिका वडा नं. ३ गैरा वाका क्षेत्रमा रहेको यहाँको प्राकृतिक सौन्दर्य र रमणीय वातावरणले प्रतियोगितालाई थप विशेष बनाउने छ।

    प्रतियोगिता विवरण:
    प्रथम पुरस्कार: रु. २,०२,०००, ट्रफी, प्रमाण-पत्र र मेडल
    द्वितिय पुरस्कार: रु. १,०१,०००, ट्रफी, प्रमाण-पत्र र मेडल
    सेमीफाइनलीस्ट सन्त्वाना पुरस्कार: रु. २०,०००
    उत्कृष्ट विधा पुरस्कार: (उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोल रक्षक) नगद रु. ५०००, ट्रफी, मेडल र प्रमाणपत्र
    म्यान अफ द म्याच: फुटबल जर्सी
    टिम दर्ता शुल्क:
    दर्ता शुल्क: रु. १५,०००
    डिपोजिट शुल्क: रु. ३,०००
    खेलाडी संख्या: ९+५ (एक्स्ट्रा)
    टिम म्यानेजर: १ जना
    कोच: १ जना अनिवार्य
    महत्वपूर्ण मितिहरू:
    प्रतियोगिता सुरु हुने मिति: २०८१ चैत २१ गते
    टिम दर्ताको अन्तिम मिति: २०८१ चैत १९ गते
    प्रतियोगिता समापन मिति: २०८२ बैशाख १ गते
    साँस्कृतिक कार्यक्रम: नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुनेछ।

    मिल्दो जुल्दो खबर