नुवाकोट।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी गरेका छन् ।बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ ।यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं ।लोभीपापीहरू छन्, दिए भइगो नि ।ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ’, ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी समेर गरेका छन् ।