कपिलवस्तु।
जिल्लाको कृष्णनगर नगरपालिकाका ५ वडामा फैलिएको झाडापखाला तथा वान्ताको प्रकोपका कारण हालसम्म ६ जनाको ज्यान गएको छ।

नगरपालिकाको वडा नं. ५,६,७,८ र ९ को दुई दर्जन गाउँमा झाडापखाला तथा वान्ताका बिरामी देखा परिरहेका छन् । जसमा ७५८ जना शिवराज अस्पताल बहादुरगंज उपचार गराउन पुगेका थिए ।

अहिलेसम्म झाडापखाला तथा वान्ताको प्रकोपमा परि ६ जनाको मृत्यु भएपनि जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा भने अहिलेसम्म झाडापखालाबाट ३ जनाको मृत्यु भएको उल्लेख गरेकाे छ ।

मृत्यु हुनेमा कृष्णनगर नगरपालिका ८ बहादुरगंजका ४० वर्षीय पुरुष, कृष्णनगर नगरपालिका ९ बहादुरगंजका ६ वर्षीय बालक, शिवराज नगरपालिका ८ कोपवाकी ८ बर्ष बालिका,कृष्णनगर नगरपालिका ७ सुखरामपुरका २७ दिनको बच्चा र कृष्णनगर नगरपालिका ८ बहादुरगंजको एक जना महिलाको पेटमा रहेको बच्चा र कृष्ण नगर ८ बहादुरगंजका ४ वर्षका बालकको मृत्यु भएको हो । झाडापखालाका बिरामीहरु शिबराज नगरपालिका तीन वटा वडामा समेत देखिन थालेका छन् ।

यस अघि कृष्णनगर नगरपालिकामा मात्र बिरामी देखिएका थिए ।साभार सेतोमसी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय