नुवाकोट।
मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो । बुधबार बिहान झरेर १३.५ डिग्री सेल्सियस थियो भने बिहीबार बिहान झनै झरेर १२.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।आज उक्त तापक्रम घटेर १२.४ डिग्री सेल्सियसमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपाली क्यालेन्डरमा डिसेम्बर र जनवरी सवैभन्दा चिसो महिना भएता पनि अहिले दिनभर बादल लाग्ने तर रातमा शीत बनेर झर्दा चिसो बढ्न गएको छ।

यसैबीच, आज देशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका  एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x